Janata Campus

ग्रेड वृद्धि परीक्षा फर्म भर्ने तथा कोचिङ्ग कक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना ।

राष्ट्रिय परीक्षा बोर्ड प.नि.का. द्वारा २०८/४/१८ मा कक्षा १२ को वार्षिक परीक्षा २०८१ को नतिजा सार्वजनिक भई सकेको र यसै सन्दर्भमा ग्रेड वृद्धि परीक्षामा सहभगी हुन चाहने परीक्षार्थीहरुले निम्ना- नुसारको परिधी भित्र रही आ-आफ्नो ग्रेड वृद्धि परीक्षा फारम भर्न यसै सूचना द्वारा सूचित गरिन्छ ।

साथै उक्त ग्रेड वृद्धि परीक्षा फारम भर्ने विद्यार्थीहरुका लागि यहि मिति २०८१ साल श्रावन २७ गते आइतवार विहान ६:३० बजे देखि कोचिङ्ग कक्षा संचालन हुने हुँदा सम्पूर्ण परीक्षार्थीहरुलाई उत्त कक्षामा सहभागी हुन समेत यसै सूचना द्वारा सूचित गरिन्छ ।

१) रजिष्ट्रेशन नं. सुरुको अङ्क ८० भई कुनै दुई विषयमा Not Graded (NG) ल्याएका वा अनुपस्थित रहि बाँकी सम्पूर्ण विषयमा सैद्धान्तिक तर्फ कम्तिमा D ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले उक्त दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्। तर कम्तिमा D Grade वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरेका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने छैन ।

२) ग्रेड वृद्धि परीक्षा दिने परीक्षार्थीहरुले २०८१ साल श्रावन २३ गते देखि २०८१ साल भाद्र १० गते सम्म रु. ६००/- तिरी आ-आफ्नो परीक्षा फर्म भरि सक्नु पर्ने छ।

३) परीक्षा फारम भर्न पासपोर्ट साइजको फोटो २ प्रति र ग्रेडसीटको प्रतिलिपि बुझाउनु पर्नेछ ।

४) ग्रेड वृद्धि परीक्षा मिति २०८१ भदौ २५ र २६ गते विहान ११ बजे देखि दिउँसो २ बजे सम्म गर्ने गरि परीक्षा नियन्त्रण कार्यालय द्वारा सूचना प्रकाशित भइ सकेको जानकारी गराईन्छ ।

( सुरेन्द्र बस्नेत) क्याम्पस प्रमुख

1 thought on “ग्रेड वृद्धि परीक्षा फर्म भर्ने तथा कोचिङ्ग कक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना ।”

Leave a Comment

Your email address will not be published. Required fields are marked *